हुवावे क्लाउडले लगानीको दायरा बढाउन ल्यायो साझेदारहरुका लागि नयाँ प्याकेज



२०८० जेठ ३ गते १८:०९
हुवावे क्लाउडले लगानीको दायरा बढाउन ल्यायो साझेदारहरुका लागि नयाँ प्याकेज


काठमाडौं। हुवावेले सन् २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ। गो क्लाउड र ग्रो क्लाउड फ्रेमवर्कले पुनर्बिक्रेता, वितरक, सेवा प्रदायक र हार्डवेयर साझेदारहरूलाई प्रोत्साहन र लगानीका अवसरहरूको दायरा फराकिलो पारिएको कम्पनीले जनाएको छ।

Tata
GBIME

हुवावेको ग्रो क्लाउड योजनामा स्ट्यान्डर्ड, एड्भान्स्ड, प्रिमियम र स्ट्र्याटेजिक गरी चारवटा प्याकेजहरु रहेका छन्। प्रत्येक प्याकेजमा विभिन्न इन्सेनटिभहरु जस्तै त्रैमासिक र वार्षिक वृद्धि लाभहरू र हुवावेको एडभान्स्ड क्लाउड सर्भिसको बिक्रीमा विशेष लाभको योजनाहरु पनि ल्याएको कम्पनीले जनाएको छ।

नयाँ प्याकेजले मार्केटिङ डेभलपमेन्ट फण्ड, हुवावे क्लाउड प्रयोग गरे बापत नगद कुपन र साझेदारका कर्मचारीहरूलाई बिक्री विस्तार गर्नका लागि प्रोत्साहन कार्यक्रमसहित थप पाँच फाइदाहरू पनि दिने बताइएको छ।

‘यो प्याकेजको प्रमुख प्राथमिकता साझेदारहरूको व्यवसायलाई सफल हुन आवश्यक उपकरण र स्रोतहरू उपलब्ध गराएर प्रोत्साहन गर्नु हो। कार्यक्रमको मुख्य फाइदाहरू मध्ये एक क्षमता विकास र प्रमाणीकरण हो। जसले साझेदारहरूलाई हुवावेवेद्वारा उपलब्ध गराइएका निःशुल्क प्राविधिक कोर्सहरु र प्रमाणपत्रहरू मार्फत आफ्नो सीप र विशेषज्ञता विकास गर्ने अवसर दिन्छ,’ हुवावेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हुवावेको गो क्लाउड सर्भिस नयाँ प्याकेजको अर्को महत्वपूर्ण पक्ष हो। यस प्याकेजले क्लाउड रिसेल, कन्सल्टिङ, क्लाउड माइग्रेसन र कार्यान्वयन, एप्लिकेसन रि आर्किटेक्ट/ क्लाउड नेटिभ डेभलपमेन्ट र व्यवस्थापन जस्ता सेवाहरू मार्फत व्यावसायिक क्लाउड सेवाहरु निर्माण गर्न सेवा साझेदारहरूलाई सहयोग गर्छ।’

यी कार्यक्रमहरूको प्रमुख उद्देश्य साझेदारहरूको व्यावसायिक क्षमताहरूको पहिचान र विकास गर्ने भएको कम्पनीको भनाइ छ। यस्तै, हुवावेको क्लाउडमा आधारित प्रयोगहरूको विकास गर्ने, सफ्टवेयर समाधानहरूलाई सुदृढीकरण गर्ने, अवस्थित डेटाहरुलाई हुवावे क्लाउडमा स्थानान्तरण गर्ने र हुवावे क्लाउडसँग संयुक्त मार्केटिङ सञ्चालन गरिने बताइएको छ।

नेपालका हुवावे क्लाउड पार्टनरहरु प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वर्ल्ड सोलुसन्स, टेलिनेट र एडेक्स रहेको कम्पनीले जनाएको छ।