
काठमाडौं। सेयर बजार महिनादिन यताकै उच्च अंकले वृद्धि हुँदा एफपीओ निष्कासनको तयारीमा रहेको युनिक नेपाल लघुवित्तको सेयर ७५ रुपैयाँ घटेको छ।
एफपीओ निष्कासन गर्ने सूचना निकालेपछि लघुवित्तको सेयर मूल्य निरन्तर घट्दो छ। मंगलबार र बुधबारको कारोबारमा मात्रै लघुवित्तको सेयर मूल्य ८५ रुपैयाँ प्रतिकित्ता घटिसकेको छ। पछिल्लो पटक १३२५ रुपैयाँमा सेयर किनबेच भयो।
२०८० साल सुरु भएदेखि बजार यस्तो फराकिलो अंकले भने बढेको थिएन। बुधबार सूचक २३.३९ अंक बढेर १८४५ को विन्दुमा कायम हुन पुगेको हो। कारोबार रकम पनि ८५ करोड ७६ लाख रुपैयाँ नाघेको छ।
कारोबार तीन दिन यताकै उच्च हुँदा शिवम् सिमेन्ट पुनः सर्वाधिक खरिदबिक्री भयो। कम्पनीको मात्रै साढे ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। मूल्य २.६० रुपैयाँ बढ्यो।
नेपाल टेलिकमको ४ करोड ७४ लाख रुपैयाँको कारोबार हुँदा १९ रुपैयाँले सेयरमूल्य बढेको छ।