रिभरफल्स पावर ८७ लाख ६२ हजार रुपैयाँ घाटामा, सवा २ अर्ब रुपैयाँ परियोजनामा लगानी

बिजमाण्डू
२०८० जेठ ३ गते ०९:२५ | May 17, 2023
रिभरफल्स पावर ८७ लाख ६२ हजार रुपैयाँ घाटामा, सवा २ अर्ब रुपैयाँ परियोजनामा लगानी

काठमाडौं। रिभरफल्स पावर ८७ लाख ६२ हजार रुपैयाँ घाटामा गएको छ। कम्पनीका अनुसार पोहोर चैतको तुलनामा घाटा ७.५६ प्रतिशत बढेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले पिलुवा खोला साना जलविद्युत आयोजना अझै निर्माणाधिन अवस्थामा छ। विद्युत उत्पादन र बिक्री शून्य छ। केहि रकम निक्षेपमा राखेकाले एक लाख रुपैयाँ ब्याज आम्दानी भने गरेको देखिन्छ।

त्यस बाहेक लागनीहरुबाट एक लाख ९५ हजार रुपैयाँ उठाएको हो। तर सञ्चालन खर्च ६६ लाख ४९ हजार देखाएको छ। कर्मचारीको खर्च साढे ९ लाख रुपैयाँ छ।

७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको रिभरफल्स पावरको जगेडा ५ करोड ९३ लाख रुपैयाँ ऋणात्मक छ। कम्पनीले आयोजना निर्माणलाई २ अर्ब १० करोड रुपैयाँ लगानी गरिसक्यो। ९३ लाख ६८ हजार रुपैयाँ बराबरको सम्पत्ती देखाएको हो।

कम्पनीको प्रति सेयर आम्दानी पनि ऋणात्मक छ। र चैतसम्म प्रति सेयर नेटवर्थ ९१.५२ रुपैयाँ कायम छ।