दृश्य लाउन्जमा सिटिजन्स बैंकका ग्राहकलाई १५% छुट, साढे १४ लाख जना लाभान्वित हुने

बिजमाण्डू
२०८० जेठ २ गते ११:३८ | May 16, 2023
दृश्य लाउन्जमा सिटिजन्स बैंकका ग्राहकलाई १५% छुट, साढे १४ लाख जना लाभान्वित हुने


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र नयाँ बानेश्वरस्थित दृश्य लाउन्ज प्रालिबीच विशेष छुट दिने सम्बन्धि समझदारी भएको छ।

Tata
GBIME
NLIC

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले उन्जमा छुट पाउने छन्।

कार्डबाहकले दृश्य लाउन्जमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकले जारी गरेको विज्ञप्तिम उल्लेख छ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ।

बैंकका १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १३९ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु छन्। बैंकका करिव १५ लाख ४० हजार ग्राहक छन्।