
काठमाडौं। तीन दिन स्थिर रहेको सुनको कारोबार मूल्यमा सोमबार सामान्य बढोत्तरी छ। आइतबारका तुलनामा सोमबार तोलामा २ सय बढेको हो। स्थिर रहेको अघिल्ला २ दिनका तुलनामा ८ सय घटेर गत शुक्रबार प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ भएको थियो।
सोमबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। लगातार बलियो भएको सुनको मूल्य गत वैशाखमा अधिकतम १ लाख ११ हजार ८ सयसम्म पुगेको थियो। घट्दा तोलाको १ लाख ८ हजार ८ सयभन्दा तल गएन।
जेठको सुरुवातमै तोलाको १ लाख ११ हजारको उच्च मूल्यमा पुगेको सुनको भाउ घट्दा धेरै अंकले तल नआउने व्यवसायीको अनुमान छ। अन्तर्राष्ट्रिय कारोबार मूल्यमा धेरै तल-माथि नदेखिँदा यस्तो अनुमान भएको हो।
सुनसँगै बलियो बनेको चाँदीको मूल्यमा धेरै अंकको घटबढ छैन। ५ दिन तोलाको १४ सय ४५ रुपैयाँमा स्थिर रहेर शुक्रबार १५ रुपैयाँ घटेको थियो। त्यसमा ५५ रुपैयाँको गिरावटपछि आइतबार प्रतितोला १३ सय ७५ रुपैयाँ भयो। सोमबार पनि सोही मूल्यमा स्थिर छ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस २०१८.६६ डलर र चाँदी २४.१ डलर छ।