
काठमाडौं। कनेक्ट आइपीएसले ‘रेफर अ फ्रेण्ड’ अफर सुरु गरेको छ। कनेक्ट आइपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आइपीएसमा रजिष्टर हुन रेफर गर्न सक्नेछन्।
अफर अन्तर्गत जेठ १ गतेदेखि असार ३१ गतेसम्म ‘रेफरर’ ले २५ रुपैयाँ आफ्नो बैंक खतामा र ‘रेफरी’ ले २५ रुपैयाँको मोबाईल टप–अप प्राप्त गर्न सक्नेछन्।
अफरको फाइदा लिन ‘रेफरर’ ले आफ्ना साथी तथा आफन्तजनलाई आफ्नो ‘रेफररल कोड’ दिनुपर्ने हुन्छ। ‘रेफरी’ ले भने कनेक्ट आइपीएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त ‘रेफरल कोड’ दाखिला गरी एक पटक आफ्नो मोबाईल नम्बर र ईमेल आईडी भेरीफाई गरे पश्चात ‘रेफरर’ ले २५ रुपैयाँ आफ्नो बैंक खतामा र ‘रेफरी’ ले २५ रुपैयाँको मोबाईल टप–अप प्राप्त गर्नेछ।
रेफररले आफ्नो ‘रेफररल कोड’ सँगै लिन्क पनि शेयर गर्न सक्नेछ र रेफरीले उक्त लिंक क्लिक गरी www.connectips.com वा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्नेछ।
कनेक्ट आइपीएस बैंकका ग्राहकका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ति एक सजिलो माध्यम हो।
कनेक्ट आइपीएसको वेब मार्फत प्रति कारोबार २० लाख रुपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ।
यसमार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपालपे क्युआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ।
कनेक्ट आइपीएस मार्फत चालु आर्थिक वर्षको चैत मसान्त सम्म ५२ सदस्य बैंक वित्तीय संस्था मार्फत २,८५० अर्ब बराबरको ३ करोड ६० लाखभन्दा बढी भुक्तानी कारोबार फर्छौंय भइसकेको छ।