राष्ट्रिय बीमा संस्थानको नाफा ७३ प्रतिशतले घट्यो, दाबी भुक्तानी ३ अर्बमाथि

बिजमाण्डू
२०८० बैशाख ३१ गते १३:२३ | May 14, 2023
राष्ट्रिय बीमा संस्थानको नाफा ७३ प्रतिशतले घट्यो, दाबी भुक्तानी ३ अर्बमाथि


काठमाडौं। समग्र बीमा कारोबारमा कमी आएपछि राष्ट्रिय बीमा संस्थानको नाफामा उल्लेख्य गिरावट आएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय तथ्यांकअनुसार कम्पनीको नाफा ७३.७५ प्रतिशतले घटेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले चैतसम्म एक करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष सो अवधिमा कम्पनीको नाफा ४ करोड ९६ लाख रुपैयाँ थियो।

चैतसम्म कम्पनीको बीमाशुल्क आर्जन ७ अर्ब २१ करोड रुपैयाँ छ। गत वर्षको ७ अर्ब २७ करोड रुपैयाँ आर्जन गरेको थियो।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म दाबी भुक्तानी ३ अर्ब २३ करोड रुपैयाँ गरेको छ।

गत वर्ष ३ अर्ब १२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। गत वर्षको भन्दा दाबी भुक्तानी ३ प्रतिशतले बढी हो। लगानी, कर्जा तथा अन्यबाट ३४ करोड रुपैयाँ आय गरेको छ। बीमालेख धितोमा कर्जा लगानी गरेर ११ करोड रुपैयाँ आय भएको छ।

संस्थानले व्यस्थापनमा २ करोड खर्चिएको छ। अभिकर्ता कमिसनमा १३ करोड रुपैयाँ खर्च भएको छ। चुक्ता पुँजी १८ करोड रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड रुपैयाँ छ। जीवन बीमा कोषमा ४५ अर्ब रुपैयाँ छ।