एफपीओ जारी गर्ने युनिक नेपाल लघुवित्तको इपीएस ५७.५३ ऋणात्मक, ६ करोड घाटामा

बिजमाण्डू
२०८० बैशाख २७ गते ०९:०६ | May 10, 2023
एफपीओ जारी गर्ने  युनिक नेपाल लघुवित्तको इपीएस  ५७.५३ ऋणात्मक, ६ करोड घाटामा

काठमाडौं। एफपीओ निष्कासनको तयारीमा रहेको युनिक नेपाल लघुवित्त ५ करोड ९८ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ।

Tata
GBIME
Nepal Life

घटेको ब्याज आम्दानी र खराब कर्जा पनि उलेख्य बढ्दा लघुवित्त घाटामा गएको हो। गत आर्थिक वर्षको चैत मसान्तसम्म लघुवित्तले ७ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। जुन एक वर्षको अन्तरालमै घाटामा परिणत भएको हो।

ब्याज आम्दानी मात्रै बढेको छ। तर महँगिएको उधारोका कारण ब्याज आम्दानीभन्दा खर्च बढी छ। जसले गर्दा खुद ब्याज आम्दानी १९.३० प्रतिशत साँघुरिएको हो। पोहोर यस अवधिमा २० करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्त अहिले १६ करोड ६४ लाख रुपैयाँमा सीमित छ।

अर्कोपट्टि सुस्ताएको कर्जा परिचालनका बाबजुद लघुवित्तको खराब कर्जा ह्‍वात्तै बढेको छ। १८ करोड ६० लाख रुपैयाँ प्रोभिजनिङ मात्रै गर्नुपरेको छ। त्यहीँ निष्क्रिय कर्जाको अनुपात ३.९३ प्रतिशतबाट बढेर १०.२९ प्रतिशत पुगिसकेको छ।

चैतसम्म प्रति सेयर आम्दानी ५७.५३ रुपैयाँ ऋणात्मक देखिन्छ। तर प्रति सेयर नेटवर्थ भने ३३४.१८ रुपैयाँ कायम छ।