जलविद्युत कम्पनीको सेयरमा हुँदै आएको बदमासी रोक्न सेबोनले बनायो कार्यदल



२०८० बैशाख २६ गते १८:२८
जलविद्युत कम्पनीको सेयरमा हुँदै आएको बदमासी रोक्न सेबोनले बनायो कार्यदल


काठमाडौं। नेपाल धितोपत्र बोर्डले जलविद्युतको सेयरमा हुँदै आएको बदमासी रोक्न कार्यदल बनाएको छ। बोर्ड सदस्य फणिन्द्र गौतमको संयोजकत्वमा समिति बनाइएको हो।

Tata
GBIME

उनी कानुन मन्त्रालयका सहसचिव हुन्। समितिमा बोर्डका अर्का संचालक सुजनकुमार काफ्ले छन्। समितिमा बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य र सदस्य सचिवमा बोर्डकै उप कार्यकारी निर्देशक नारायणप्रसाद शर्मा छन्।

बोर्ड अध्यक्ष रमेशकुमार हमालले लकिङ पिरियड सकिएका जलविद्युत कम्पनीको सेयर संरचना बारे अध्ययन गर्न समिति बनाइएको जानकारी दिए। ऊर्जा उद्यमी गुरु न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानले आफू पदमा रहेकै समयमा आफ्नो सेयर बेचेका थिए।

बोर्डले न्यौपाने र प्रधानविरुद्ध अदालतमा मुद्दा पनि दायर गरिसकेको छ। जलविद्युत कम्पनीको सेयरमा हुँदै आएको यही बदमासी रोक्न बोर्डले कार्यदल गठन गरेको हो। यो कार्यदलले तीन महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ।