
काठमाडौं। विद्युतीय स्कुटर बिक्रेता टेल्जी नेपालको नयाँ शोरुम पर्यटकीय सहर पोखरामा संचालनमा आएको छ। योम मा ई मोटर्सले टेल्जी विद्युतीय स्कुटरको पोखराको लागि माँ मैत्री ट्रेडर्सलाई डिलरमा नियुक्त गरेको हो।
माँ मैत्री ट्रेडर्सले पोखराको महेन्द्रपुलमा टेल्जी शोरुम संचालनमा ल्याएको हो। कम्पनीको यो १० औं शोरुम हो।
उक्त शोरुमले टेल्जीका विद्युतीय स्कुटर बिक्री गर्नुका साथै बिक्रीपछिको सेवा समेत उपलब्ध गराउने छ।
शोरुम उद्घाटनमा योम मा ई मोटर्सका निर्देशक सञ्जीव शिल्पकारले टेल्जीका विद्युतीय स्कुटर विश्वसनीय दुई पांग्रे ब्रान्ड रहेको बताए।
कार्यक्रममा माँ मैत्री ट्रेडर्सका संचालक हिरा कोइरालाले अबको युग भनेको इलेक्ट्रिक सवारी साधनको भएको बताए। पर्यटकीय नगरलाई सफा राख्न योगदान पनि गर्ने हिसाबले टेल्जीका स्कुटर पोखरा भित्र्याएको पनि उनले सुनाए।
टेल्जीका स्कुटर मर्मत खर्च नलाग्ने तथा २० पैसाभन्दा कम खर्चमा प्रतिकिलोमिटर संचालन गर्न सकिने बताउँदै कोइरालाले पार्टस् तथा सर्भिसको लागि सबै तयारी पुरा गरेर शोरुम संचालनमा ल्याएको पनि बताए।
नयाँ शोरुम संचालनको अवसरका कम्पनीले नगद १८ हजार छुटको साथै १५ हजार बराबरको उपहार स्कीम ल्याएको छ। टेल्जी स्कुटरको खरिदमा ग्राहकलाई हेलमेट, वाइफाइ स्मार्ट प्लग, पिलियन ब्याकरेस्ट, १ वर्षको सडक कर तथा एक वर्षको बीमा सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ।