बीमा शुल्क बढेपछि आइएमई जनरल इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि

बिजमाण्डू
२०८० बैशाख २५ गते ०९:४१ | May 8, 2023
बीमा शुल्क बढेपछि आइएमई जनरल इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि


काठमाडौं। खुद बीमा शुल्क १३ प्रतिशत बढेपछि आइएमई जनरल इन्स्योरेन्सको नाफा सामान्य बढेको छ।

Tata
GBIME
NLIC

इन्स्योरेन्सका अनुसार चालु आवको चैतसम्म १७ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। पोहोर सोही अवधिमा नाफा १६ करोड ८१ लाख रुपैयाँ थियो। यो ३ प्रतिशतको वृद्धि हो।

पोहोर ५२ करोड ७६ लाख रुपैयाँ रहेको खुद बीमा शुल्क आर्जन बढेर ५९ करोड ६७ लाख रुपैयाँ पुगेको छ। कम्पनीका अनुसार कुल बीमा शुल्क आर्जन १०.५८ प्रतिशत बढेको हो।

चैतसम्म कुल ५९ करोड ७२ लाख रुपैयाँ दाबीको भुक्तानी गरिसकेको इन्स्योरेन्सले अझै १ अर्ब २३ करोड रुपैयाँ बराबरको दाबीबापत भुक्तानी गर्न बाँकी छ।

कम्पनीले अभिकर्तालाई २ करोड १६ लाख रुपैयाँ कमिसन दिएको छ। पोहोरभन्दा यो २८ प्रतिशत कम हो।

१ अर्ब ८० करोड चुक्ता पूँजी भएको कम्पनीको जगेडामा २४ करोड ७१ लाख रुपैयाँ रहेको छ। बीमा कोषमा ६३ करोड २२ लाख संचित छ। 

चैतसम्म कम्पनीको प्रति सेयर आम्दानी १२.८० रुपैयाँ र प्रति सेयर नेटवर्थ १४८.७५ रुपैयाँ कायम छ।

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरमा गइसकेका छन्। मर्जरपछि बन्ने आइएमई प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ।