सिप्रदीले टाटा नेक्सन इभी लङ रेन्ज मंगलबार सार्वजनिक गर्दै, मूल्य ४५ लाख माथि पर्ने

बिजमाण्डू
२०८० बैशाख २३ गते २०:२९ | May 6, 2023
सिप्रदीले टाटा नेक्सन इभी लङ रेन्ज मंगलबार सार्वजनिक गर्दै, मूल्य ४५ लाख माथि पर्ने

काठमाडौं। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन इभीको लङ रेन्ज मंगलबार नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले शनिबार आफ्नो आधिकारिक फेसबुक पेजमा नेक्सनको लङ रेन्ज आगामी दिनमा नेपाली बजारमा सार्वजनिक गरिने जनाएको छ। कम्पनीले मंगलबार राती साढे ७ बजे भर्चुअल रुपमा नेक्सन इभी म्याक्सको नेपालमा सार्वजनिक गर्न योजना बनाएको छ।  

नेक्सन इभी नेपालमा धेरै बिक्री हुने विद्युतीय प्यासेन्जर एसयुभी हो।

टाटाले लङ रेन्जमा ल्याएको नेक्सन इभी म्याक्सको रेन्ज पनि बढाएको थियो। त्यसका लागि कम्पनीले म्याक्स इभीलाई अपडेट गरेको थियो। यसले एकपटकको फुल चार्जमा  लगभग ४५३ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। जुन पहिले दाबी गरिएको भन्दा १६ किलोमिटर धेरै रेन्ज हो। पहिला कम्पनीले यसलाई ४३७ किलोमिटरको रेन्जमा ल्याएको थियो। 

कम्पनीले दाबी गरेअनुसारको माइलेजले काठमाडौं-पोखरा बराबरको दुरी आउजाउ गर्न सकिनेछ। काठमाडौं-पोखराको दुरी सडकमार्गबाट करिब २०५ किलोमिटर हो। यसकारण टाटाको यो इभी विद्युतीय गाडीमै लामो दुरीको यात्रा गर्ने इच्छा राख्नेका लागि उपयुक्त सवारी बन्न सक्ने देखिन्छ।

यसलाई पुरानो नेक्सन इभीको जस्तै जीपट्रोन टेक्नोलोजी प्लाटफर्ममा निर्माण गरेको टाटा मोटर्सले जनाएको छ। टाटाले नेक्सन इभी म्याक्स मोडल दुई भेरियन्टमा ल्याएको छ। यसमा जेडएक्स प्लस र जेडएक्स प्लस लग्जरी भेरियन्ट छन्। यसमा फास्ट चार्जिङको विकल्प पनि दिइएको छ।

नयाँ टाटा नेक्सन इभी म्याक्सको मूल्य हालको नेक्सन इभीको भन्दा भारतमै भारु ३ लाखदेखि ४ लाख रुपैयाँसम्म बढी रहेको छ। हाल बजारमा उपलब्ध नेक्सन इभीको मूल्य भारतमा १४-१७ लाख भारु छ भने नेपालमा यसको मोल ४० लाखदेखि ४४ लाख रुपैयाँसम्म छ।

तर नयाँ नेक्सन इभी म्याक्सको मूल्य भारतमै १६.४९  लाख भारुदेखि सुरु छ भने स्ट्यान्डर्डको  मूल्य १८.९९ लाख भारु रहेको छ। यसकारणमा नेपालमा आउँदा ४५-५२ लाख रुपैयाँको आसपास पर्नेसक्ने देखिन्छ। १०० किलोवाट मोटर क्षमतामा आउने भएकाले यसको मूल्य ४५ लाख रुपैयाँ कायम हुने अनुमान गरिएको छ।

टाटाको अहिलेको नेक्सन इभी पनि विद्युतीय सवारी साधनमा भारतका साथै नेपालमा पनि उपभोक्ताले असाध्यै रुचाएका छन्।

यस्ता छन नयाँ फिचर्सहरु

यो इलेक्ट्रिक एसयुभीमा ठूलो ब्याट्री प्याक जडान गरिएको छ। साथै अरु केही नयाँ फिचरहरु पनि थप गरिएका छन्। वायरलेस मोबाइल चार्जिङको सुविधा पनि यसमा रहेको छ।

यसमा सबैभन्दा ठूलो परिवर्तन भनेको ४०.५ किलोवाट क्षमताको ब्याट्री प्याक छ। जुन पहिलेको मोडेलमा ३०.२ किलोवाट क्षमताको थियो। लामो दुरीको यात्रामैत्री बनाउनका लागि डिजाइन गरिएको गाडीमा ठूलो क्षमताको ब्याट्री जडानका लागि कम्पनीले गाडीको स्पेसमा पनि परिमार्जन गरेको छ।

हालको नेक्सन इभीको माइलेज फुल चार्जमा ३१२ किलोमिटरसम्मको रहेको दाबी गरिएको थियो। तर नेपालमा परीक्षण गर्दा यसले फुल चार्जमा २०० देखि २२० किलोमिटरको माइलेज दिएको थियो।

त्यसकारण टाटाको नेक्सन इभीले वास्तविक प्रयोगमा लगभग ४०० किलोमिटरसम्मको मात्र माइलेज दिने आकलन गरिएको छ। यसमा पहिलेको भन्दा शक्तिशाली क्षमताको ३.३ किलोवाटदेखि ७.२ किलोवाट एसी चार्जर विकल्प पनि उपलब्ध छ। जसमा ३.३ किलोवाट एसी चार्जरले ब्याट्री चार्ज गर्न लगभग १५-१६ घण्टा लाग्छ भने ७.२ किलोवाट क्षमताको एसी चार्जरले ब्याट्री चार्ज गर्न ५-६ घन्टा लाग्छ। तर फास्ट चार्जिङको अप्सन पनि यसमा छ जसले एक घन्टामै ब्याट्री फुल चार्ज हुनेछ। यसको लागि ५० किलोवाट क्षमताको डीसी फाष्ट चार्जर आवश्यक पर्दछ।

यो नयाँ नेक्सन इभीमा हालको मोडलभन्दा बढी फिचर्स हुने गरी अपडेट गरिएको छ। अपडेटेड आईसीई इन्जिन, एयर प्युरिफायर, भेन्टिलेटेड फ्रन्ट सिट लगायत यसमा उपलब्ध छ। हालको नेक्सन इभीमा रहेको पार्किङ मोड र इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) पनि यसमा समावेश गरिएको छ।

यसले स्मार्टवाच एकीकरण र क्रूज नियन्त्रण पनि पाएको छ। कम्पनीले यो गाडीमा रहेको ब्याट्री र मोटरको लागि ८ वर्ष वा एक लाख ६० हजार किमी वारेन्टी दिएको छ। यसले एक अद्वितीय बेज इन्टेरियर थिम पाएको छ जुन स्ट्यान्डर्ड मोडेलमा मात्र उपलब्ध हुनेछ।

यसबाहेक, नेक्सन इभी म्याक्सले ४८ सुविधाहरू सहितको जी कनेक्ट २.० कनेक्टेड कार टेक्नोलोजी अपग्रेड गरेको छ। यसले सिंगल-पेडल ड्राइभिङमा मद्दत गर्ने उच्चतम रेजेन लेभलको साथमा ब्रेकिङका लागि चार रेजेन लेभलसहित मल्टी-मोड रेजेन पनि प्राप्त छ। टाटा मोटर्सले एक अटो ब्रेक ल्याम्प थपेको छ जुन एक निश्चित स्तरमा पुगेपछि सक्रिय हुन्छ, जसले सडक प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा पछाडि चेतावनी दिन्छ।