
काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार भएको बैठकले ३५ औं वार्षिक साधारणसभा जेठ २२ गते गर्ने निर्णय गरेको छ।
सभा नेशनल लाइफ भवनमा गरिने भएको छ। सभामा संचालक समितिले कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको ८ प्रतिशतले बोनस सेयर र ६.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने छ।
बोनस सेयर वितरणपछि कायम हुने दशमलव पछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने कम्पनीले जनाएको छ।
सभाले आर्थिक वर्ष २०७८/७९ मा भएको खर्चको अनुमोदन गर्ने र गत आर्थिक वर्षको वासलात आय व्यय हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ।