
काठमाडौं। कांग्रेसका तीन मन्त्रीले शपथ लिएका छन्। बिहीबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीका रुपमा शपथ दिलाएका हुन्।
बुधबार तीनै जनालाई राष्ट्रपति पौडेलले मन्त्रीमा नियुक्त गरी कार्यभार तोकेका थिए। यसअघि कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा गएको थियो।
कांग्रेसबाट खड्का उपप्रधानसहित रक्षामन्त्री, अर्थमन्त्रीमा डा. प्रकाशशरण महत, एनपी साउद परराष्ट्रमन्त्री, सीता गुरुङ सहरी विकास मन्त्री र उद्योग मन्त्रीमा रमेश रिजाल यसअघि नै नियुक्त भइसकेका छन्।