
काठमाडौं। बुधबार सेयर बजारमा ६ महिना यता कै कम कारोबार हुँदा यूनिलिभरको सेयर मूल्य झन्डै ३ प्रतिशत उक्लिएको छ। आज ६२ करोड रुपैयाँको सेयर मात्रै किनबेच भयो।
यस अघि कात्तिक १५ गते ६९ करोड ७३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको थियो। त्यहि बजार सूचक घटेर १८५७ को विन्दुमा ओर्लिसकेको छ। आज ९.१८ अंक गुमायो।
प्रमुख सूचक घट्दा समेत यूनिलिभरको माग भने बजारमा ह्वात्तै बढेको छ। कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण अझै सार्वजनिक गरिसकेको छैन। तर मूल्य बुधबार २.९२ प्रतिशत उक्लियो।
आज मात्रै सेयर मूल्य प्रतिकित्ता ६५८ रुपैयाँका दरले बढेको छ। उत्पादन तथा प्रसोधनमा लगानीकर्ताको चाख बढ्दो छ।
त्यहि बजार घट्दा म्युचुअल फण्डमा पनि लगानीकर्ताको आकर्षण देखिन थालेको छ। बुधबार सर्वाधिक बढेको उपसूचक यहि हो।
आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए। त्यसैगरी श्वेतगंगा हाइड्रोपावर र इन्फिनिटी लघुवित्तमा पनि खरिद चाप देखिन्छ।
सबैभन्दा बढी कारोबार भएपनि शिवम् पुन: ४०० रुपैयाँ तल ओर्लिएको छ। त्यसैगरी हिमालयन डिष्टिलरी १८ सय ८८ रुपैयाँमा अन्तिम किनबेच भयो।