८ वर्षपछि तातोपानी नाकाबाट निकासी सुरु, ३ कन्टेनरबाट चीनतर्फ सामान गयो



२०८० बैशाख १८ गते १३:४४
८ वर्षपछि तातोपानी नाकाबाट निकासी सुरु, ३ कन्टेनरबाट चीनतर्फ सामान गयो


काठमाडौं। सिन्धुपाल्चोकमा चीनसँगको तातोपानी नाकाबाट निकासी सुरु भएको छ। ८ वर्षपछि यो नाकाबाट निकासी सुरु भएको हो। नाकाबाट तीन कन्टेनर सामान चीन निकासी भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

Tata
GBIME

कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले म्याट्रेस र बेत बाँसका कुर्सी निकासी भएको जानकारी दिए। उनका अनुसार निकासी भएको सामानको मूल्य २९ लाख रुपैयाँ बराबरको हो।

मंगलबार हस्तकलाका सामान निकासीको तयारी रहेको उनले बताए। भूकम्पपछि यो नाका पूर्ण रुपमा संचालनमा आउन सकेको थिएन। भूकम्पपछि पहिरो र कोभिडका कारण नाका संचालनमा आउन नसकेको हो। यो नाकाबाट आयात भने भइरहेको थियो।

यो नाकाबाट दैनिक १० कन्टेनर सामान आयात भने भइरहेको छ। नाका खुले पनि नेपाली चालक र सहचालक चीनतर्फ जान पाउँदैनन्। अहिले पनि चिनियाँ पक्षले सीमा क्षेत्रमा कन्टेनरमा सामान ल्याउने र त्यहीबाट नेपाली पक्षले अनलोड गरेर सामान ल्याउने गरेका छन्। केसीले प्रक्रियागत समस्या समाधानका लागि चिनियाँ पक्षसँग छलफल भइरहेको बताए।