
काठमाडौं। अमेरिकी टेक जायन्ट गुगलले आफ्नो विज्ञापन व्यवसायमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गर्ने भएको छ।
जेनेरेटिभ एआई एक प्रकारको नयाँ प्रविधि हो, जसले विज्ञापन बनाउँदा नयाँ प्रकारका प्रस्तुति सिर्जना गर्न सघाउँछ। यसले विगतको डाटाको मद्दत लिएर कस्ता विज्ञापनले बजारको ध्यानाकर्षण गर्छ भन्ने सल्लाह दिन्छ।
आर्टिफिसियल इन्टेलिजेन्सको जगतमा अहिले च्याट जीपिटीको अधिपत्य बढिरहेको छ। यसलाई चुनौती दिदै गत महिना, गुगलले आफ्नो ‘बार्ड’ नामको च्याटबट सार्वजनिक गरेको थियो।
अब विज्ञापनका लागि नयाँ प्रणाली प्रयोगको तयारी गरेको हो। यसले विज्ञापनदातालाई चाहिने इमेजरी, भिडियो र टेक्स्ट जस्ता ‘क्रिएटिभ कन्टेन्ट’हरू दिन्छ। एआईले बिक्री लक्ष्यसहित कम्पनीहरुका लक्षित ग्राहकहरूलाई मध्यनगर गरेर विज्ञापनहरू तयार गर्छ।।
भ्रामक सूचना, फिसिङ प्रयासहरू र साइबर अपराध जस्ता मुद्दाहरूमा एआईको प्रभावको बारेमा चिन्ताहरू बढिरहेको छ।
यस्तो बेला नयाँ सुविधाहरू ल्याउँदा यी समसामयिक मुद्दाहरू सम्बोधन गर्ने गुगलले योजना बनाएको छ। (एजेन्सीबाट)