नेपाल डीपी लिमिटेडले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने, चुक्ता पुँजी ३ करोड पुग्ने

बिजमाण्डू
२०८० बैशाख ६ गते १०:१७ | Apr 19, 2023
नेपाल डीपी लिमिटेडले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने, चुक्ता पुँजी ३ करोड पुग्ने

काठमाडौं। नेपाल डिपी लिमिटेडले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ। यो १० वटा स्टक ब्रोकर कम्पनीको ज्वाइन्ट भेन्चरको कम्पनी हो।

Tata
GBIME

यसको चुक्ता पुँजी एक करोड ५० लाख रुपैयाँ छ। यसको शतप्रतिशत हकप्रद जारी गर्ने कम्पनीले जनाएको छ।

जम्मा एक लाख ५० हजार कित्ता निष्कासन हुनेछ।

कम्पनीले सातौं वार्षिक साधारण सभाबाट चुक्ता पुँजी बढाएर ३ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव पारित गरेको थियो।

कम्पनीले आफ्ना सेयरधनीलाई ३५ दिनभित्र रकम जम्मा गर्न आह्‍वान गरेको छ। वैशाख २१ देखि जेठ २४ गतेसम्म आवेदन दिन मिल्नेछ।