
काठमाडौं। वाणिज्य बैंकहरुले वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदरमा व्यापक कटौती गरेका छन्।
बैंकर्स संघको बुधबारको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ।
संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ।
बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ। कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ।
अहिले झरेको निक्षेपको ब्याजको असर आधार दरमा साउनदेखि पर्ने छ। यद्यपि बचतको ब्याजदर तत्कालै घट्ने भएकाले आधार दर कम भएर नयाँ ऋणीलाई कम ब्याजमा पैसा उपलब्ध हुने छ।