सुनको मूल्य फेरि बढ्दै तोलाको १ लाख १० हजार ८ सय, चाँदीमा पनि बढोत्तरी

बिजमाण्डू
२०७९ चैत्र २९ गते ११:०८ | Apr 12, 2023
सुनको मूल्य फेरि बढ्दै तोलाको १ लाख १० हजार ८ सय, चाँदीमा पनि बढोत्तरी

काठमाडौं। सुनचाँदीको मूल्य फेरि बढेको छ। बुधबार सुन तोलामा एक हजार रुपैयाँ र चाँदीमा १५ रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य तोलाको १ लाख १० हजार ८ सय रुपैयाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

अघिल्लो दिनका तुलनामा ५ सय रुपैयाँ बढ्दा मंगलबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी १५ रुपैयाँ बढ्दा बुधबार प्रतितोला १४ सय ५० रुपैयाँ भएको छ। यसअघि ५ रुपैयाँ बढ्दा मंगलबार प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार मूल्य बलियो भएको छ। प्रतिऔंस २ हजार डलर भन्दा माथि पुगेको हो। मंगलबार प्रतिऔंस १९९९.६७ डलरले कारोबार भएको सुन बुधबार २०२०.५३ डलर छ।

चाँदी पनि २४.९५ डलरबाट बढेर बुधबार प्रतिऔंस २५.४ डलरमा कारोबार भइरहेको छ।