मदिराको व्यापार बेहाल, रुस्लान भोड्का बेच्‍ने विजय डिस्टिलरीको कारोबार ६० करोडले घट्यो

बिजमाण्डू
२०७९ चैत्र २७ गते १७:३२ | Apr 10, 2023
मदिराको व्यापार बेहाल, रुस्लान भोड्का बेच्‍ने विजय डिस्टिलरीको कारोबार ६० करोडले घट्यो


काठमाडौं। रुस्लान भोड्कासहितका मदिरा ब्राण्ड उत्पादन गर्ने विजय डिस्टिलरीले सन् २०२१/२२ मा २ अर्ब ८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ।

Tata
GBIME
Nepal Life

प्रमुख मदिरा ब्राण्ड रुस्लान भोड्काकै व्यापार घट्दा कम्पनीको कारोबार ५९ करोड रुपैयाँ बढीले घटेको छ। अघिल्लो वर्ष २०२०/२१ को तुलनामा कम्पनीको व्यापार घटेको देखिन्छ। २०२०/२१ मा कम्पनीले २ अर्ब ६७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो।

२०१९/२० मा १ अर्ब ५४ करोड ४० लाख, २०१८/१९ मा ८२ करोड ५० लाख र २०१७/१८ मा ३ अर्ब ६६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआइ) को तेस्रो डिस्टिलरी युनिट हो विजय डिस्टिलरी। विजय डिस्टिलरीले अहिले कुल ११ ब्राण्डका मदिरा उत्पादन गर्छ। पछिल्लो पटक कम्पनीले सन् २०२३ फेब्रुअरीमा मात्रै अन्तर्राष्ट्रिय ख्याती प्राप्त ब्राण्ड स्काइ भोड्काको बिक्री थालेको थियो। कम्पनीले रुस्लान भोड्कासहित ब्लू डाइमन्ड जिन र गोल्डेन ओक ह्‍वीस्की पनि उत्पादन गर्छ। साथै कालापत्थर ह्‍वीस्की र स्वान (फ्लेबर्ड भोड्का) पनि उत्पादन गर्छ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२०/२१ र २०२१/२२ मा कम्पनीले ब्लू डाइमन्ड जिन र गोल्डेन ओक ब्लेन्डेड ह्‍वीस्कीको बिक्री ६०-८० प्रतिशत छ। यी दुई ब्राण्ड बिक्रीबाट कम्पनीले कुल आम्दानीको २०२०/२१ मा ६२ प्रतिशत र २०२१/२२ मा ८८ प्रतिशत आर्जन गरेको छ। रुस्लान भोड्काको व्यापार भने केही घटेको रेटिङ विवरणमा उल्लेख छ।

कम्पनीको फ्ल्यागसीप प्रुडक्ट रुस्लान भोड्का हो। जसलाई जेजीआइअन्तर्गतको जावलाखेल डिस्टिलरी प्रालिले १९७३ मै उत्पादन थालेको थियो। जब विजय डिस्टिलरी स्थापना भयो त्यसपछि भने यही कम्पनीमार्फत् जेजीआइले रुस्लान भोड्काको उत्पादन थालेको हो।

कम्पनीमा शतप्रतिशत सेयर स्वामित्व विजयकुमार शाहको छ। कम्पनीले २४० सबडिलर मार्फत आफ्नो उत्पादन नेपालभर बिक्री गरिरहेको छ।