हिमाल आरोहीको संख्या उकालो लाग्दै, एक महिनायता पाँच सयभन्दा बढीले पाए अनुमति



२०७९ चैत्र २७ गते ०९:२९
हिमाल आरोहीको संख्या उकालो लाग्दै, एक महिनायता पाँच सयभन्दा बढीले पाए अनुमति


काठमाडौं। पर्यटक सिजन सुरु भएसँगै हिमाल आरोहणका लागि अनुमति लिने विदेशी पर्यटकको संख्या  पाँच सयभन्दा बढी पुगेको छ।  कोभिड संक्रमणका कारण कम हुँदै आएको भएको पर्यटक आवगमन संख्या क्रमिक रुपमा वृद्धि हुँदै गएको हो।

Tata
GBIME

आवागमन संख्या सामान्य अवस्थामा नफर्किएपनि यो सिजनमा देखिएको पर्यटकको माग तीन वर्षयताकै उच्च रहेको पर्यटन विभागले जनाएको छ। विभागले तयार पारेको विवरण अनुसार सिजन सुरु भएदेखि आइतबारसम्म पाँचसय १२ जना पर्यटकले विभीन्न २१ वटा हिमाल आरोहणका लागि अनुमति पाएका हुन्।

सगरमाथा आरोहणका लागि आउने पर्यटकको संख्या उच्च रहेको जनाइएको छ। विभागका अनुसार सगरमाथा आरोहणका लागि मात्र एकसय ९७ आरोहीले अनुमति पाएका छन्।

यी आरोहीबाट विभागले सवा ३१ करोड रुपैयाँ संकलन गरेको जनाएको छ।

यही गतिले पर्यटकको आवागमन वृद्धिदरले यही वर्ष मुलुकको पर्यटकीय गतिविधि पुरानै लयमा फर्कने विभागले जनाएको छ। सिजनको पहिलो महिनामा मात्रै हवाईमार्गबाट करिब एक लाख पर्यटक भित्रिएका   थिए।