नेपाल आएको २५ वर्षमा बजाजले ८ लाख बाइक बिक्री गर्‍यो, चाँडै इ-स्कुटर ल्याउने

बिजमाण्डू
२०७९ चैत्र २२ गते १५:५५ | Apr 5, 2023
नेपाल आएको २५ वर्षमा बजाजले ८ लाख बाइक बिक्री गर्‍यो, चाँडै इ-स्कुटर ल्याउने

काठमाडौं। २५ वर्षअघि नेपाली बजारमा भित्रिएको बजाजले यस अवधिमा ८ लाख युनिट बाइक बिक्री गरेको छ।

Tata
GBIME
Nepal Life

बजाज बाइकको आधिकारिक बिक्रेता गोल्छा अर्गनाजेसन अन्तर्गतको हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले बजाजले २५ वर्षको अवधिमा नेपाली बजारमा मात्र ८ लाख युनिट बजाजको बाइक बिक्री गरेको बताए।

‘हामीले यो अवधिमा ८ लाख युनिट बाइक बिक्री गर्न सफल भएका छौं,’ उनले भने, ‘अहिले हामीसँग ८ लाख ग्राहकहरु छन्। उनीहरु लगायत अरु नयाँ ग्राहकहरु थपिँदै जाने र हाम्रो यो यात्रा ५० वर्षसम्म पुग्ने हाम्रो विश्वास छ।’

बजाजले बुधबार २५ वर्ष पुगेको अवसरमा आफ्ना डिलरहरुलाई सम्मान पनि गरेको छ। कम्पनीले २५ वर्षसम्मै बजाजका बाइकहरु बिक्री गर्ने डिलरहरुलाई सम्मान गरेको हो।

यसैगरी, बजाजले अहिलेसम्म गरेका कामहरुबारे निर्देशक अभिमन्युले जानकारी दिएका थिए। उनले हाल बजाजसँग नेपालभर तीनसय डिलर र तीनसयभन्दा धेरै वर्कशपहरु रहेको बताए।

संसारको सबैभन्दा उच्च हिमाली क्षेत्र मुस्ताङमा पनि बजाजको शोरुम रहेको उनले जानकारी दिए।

बजाजको बाइक सन् १९९८ मा नेपाल भित्रिएको थियो। मोटरसाइकल उत्पादन सुरु गरेपछि सन् २००१ नोभेम्बरमा १५० र १८० सीसीमा ल्याएको पल्सर सर्वाधिक सफल मोडल बन्यो। पल्सरलाई कम्पनीले हालसम्म डीटीएसआइ, एलएस, एएस, एनएस, एन, आरएस र एफ सिरिजमा २५० सीसीसम्मका मोडल ल्याएको छ।

अहिले बजाजले नेपालमा नै बाइक एसेम्ब्ली प्लान्ट स्थापना गरेको छ। कम्पनीले यो एसेम्ब्ली प्लान्टको क्षमता विस्तार गर्ने तथा आगामी दिनमा थप तीन सय जनालाई रोजगारी दिने योजना बारे पनि उनले बताए।

 कम्पनीले ६ महिनाभित्र बजाजको विद्युतीय स्कुटर चेतक ल्याउने जनाएको छ।