ग्लोबल हाइड्रोपावरले आइपीओ प्रत्याभूति गर्न मेगा क्यापिटल र एसबीआइ मर्चेन्टलाई नियुक्त गर्‍यो

बिजमाण्डू
२०७९ चैत्र २१ गते १८:०८ | Apr 4, 2023
ग्लोबल हाइड्रोपावरले आइपीओ प्रत्याभूति गर्न मेगा क्यापिटल र एसबीआइ मर्चेन्टलाई नियुक्त गर्‍यो


काठमाडौं। ग्लोबल हाइड्रोपावर एसोसिएट्सले आइपीओ प्रत्याभूति गर्न मेगा क्यापिटल मार्केट्स र नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीले ५८ करोड ६० लाख रुपैयाँ बराबरको प्राथमिक सेषर निष्कासनको योजनामा छ। १०० रुपैयाँको अंकित दरमा कम्पनीले ५८ लाख ६० हजार कित्ता साधारण सेयर जारी गर्नेछ। 

जसलाई कम्पनीले प्रत्याभूति गर्न मर्चेन्ट बैंकरहरुसँग मंगलबार सम्झौता गरेको हो। दुवै मर्चेन्ट बैंकहरुसँग भएको छ। 

कम्पनीका तर्फबाट मोतीलाल दुगडले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। त्यस्तै मेगा क्यापिटल मार्केट्सका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबीआई मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतामा हस्ताक्षर गरे।