प्रधानमन्त्री प्रचण्डको निर्देशनमा डिजल एकै पटक लिटरमा १० रुपैयाँ घट्यो, पेट्रोल ३ रुपैयाँ घट्यो



२०७९ चैत्र २० गते १९:२९
प्रधानमन्त्री प्रचण्डको निर्देशनमा डिजल एकै पटक लिटरमा १० रुपैयाँ घट्यो, पेट्रोल ३ रुपैयाँ घट्यो


काठमाडौं। नेपाल आयल निगमले डिजलको मूल्य लिटरमै १० रुपैयाँ घटाएको छ। निगम संचालक समिति अध्यक्ष मधु मरासिनीको संयोजकत्वमा सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले डिजलको मूल्य १० रुपैयाँ घटाउने निर्णय गरेको हो।

Tata
GBIME

योसँगै अब डिजल लिटरको १ सय ६५ रुपैयाँ कायम भएको छ। डिजलसँगै मट्टितेलको भाउ पनि १० रुपैयाँ सस्तिएको छ। संचालक समिति बैठकले पेट्रोल लिटरमा ३ रुपैयाँ मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य समेत लिटरमा १० रुपैयाँ घटाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ। यो मूल्य घटाउँदा समेत निगमलाई मासिक ८० करोड रुपैयाँ नाफा छ।

अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजलको १६५ रुपैयाँ कायम हुनेछ।

मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को निर्देशनमा एकै पटक लिटरमा १० रुपैयाँ मूल्य घटाइएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा पनि थोरैथोरै मूल्य घटाउने गरिएको थियो। डिजलको भाडा घटाउँदा त्यसको असर समग्र क्षेत्रमा पर्ने निष्कर्षसहित प्रधानमन्त्री प्रचण्डले यो निर्देशन दिएका हुन्।

डिजलको मूल्य घटाउँदा सार्वजनिक यातायातको भाडा घटेर आम सर्वसाधारणलाई समेत राहत पुग्छ। यस्तै ढुवानी भाडा घट्दा सबै उपभोग्य सामाग्रीको पनि मूल्य घट्न सहयोग पुग्छ। आन्तरिक उत्पादनको लागत पनि सस्तो भएर प्रतिस्पर्धी बन्न सक्छ।