
काठमाडौं। कामना सेवा विकास बैंकको लाभांश दर ह्वात्तै घटेको छ। पोहोर १९.४७ प्रतिशत लाभांश बाँडेको बैंकले गत आवका लागि भने ४.६४ प्रतिशत मात्र प्रस्ताव गरेको हो।
सञ्चालक समितिले ४.४१ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ। बाँकी कर प्रयोजनका लागि ०.२३ प्रतिशत नगद दिँदै छ।
लाभांश कायम चुक्ता पुँजीमा प्रस्ताव गरिएको छ। हाल बैंकको चुक्ता पुँजी ३ अर्ब १४ करोड २५ लाख रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १३ करोड ८५ लाख रुपैयाँले बढ्नेछ।
लाभांश राष्ट्र बैंक र बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।