दाना उत्पादन गर्ने चितवनको ग्लोबल एग्रोले ६ महिनामै गर्‍यो साढे १ अर्ब रुपैयाँको व्यापार

बिजमाण्डू
२०७९ चैत्र १७ गते १६:३० | Mar 31, 2023
दाना उत्पादन गर्ने चितवनको ग्लोबल एग्रोले ६ महिनामै गर्‍यो साढे १ अर्ब रुपैयाँको व्यापार

काठमाडौं। दाना उद्योग ग्लोबल एग्रो प्रडक्ट्सले सन् २०२२/२३ को पहिलो ६ महिनामा साढे १ अर्ब रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ।

Tata
GBIME
Nepal Life

२०२१/२२ मा २ अर्ब ४४ करोड रुपैयाँको कारोबार गरेको थियो। २०२०/२१ मा २ अर्ब ५६ करोड, २०१९/२० मा २ अर्ब ७ करोड र २०१८/१९ मा १ अर्ब ७५ करोड रुपैयाँको व्यापार कम्पनीले गरेको थियो। कम्पनीले ग्लोबल, अमृत र उन्‍नत ब्राण्डमा पेलेट र मास फिड बिक्री गरिरहेको छ।

कम्पनीको कुल उत्पादन क्षमता पेलेटको प्रति घण्टा २० टन पुगेको छ। २०२२ अप्रिलमा कम्पनीले उत्पादन क्षमता वृद्धि गरेको थियो। त्यतिबेलासम्म कम्पनीले प्रति घण्टा १० टन मात्रै उत्पादन गर्न सक्थ्यो।

मास फिडको क्षमता भने प्रति घण्टा ५ टन छ। चितवनमा प्लान्ट रहेको कम्पनीमा विभिन्न ३८ जना व्यक्तिहरुको लगानी छ। शीर्ष आठ लगानीकर्ताहरुको हिस्सा कम्पनीमा ५२ प्रतिशत छ।

कम्पनीले ७५ करोड ऋणका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ। ८ करोड ८० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल डबल बी प्लस र ६६ करोड २० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर प्लस रेटिङ पाएको छ।