
काठमाडौं। तीव्र उतारचढावबीच बुधबार सुपर माइ हाइड्रोपावरको सेयर मूल्य बढेर सर्किट लागेको छ। बजार १.०२ अंकले बड्दा ८७ कम्पनीको मूल्य पनि बढेको छ।
सुपरमाइसँगै कालिञ्चोक दर्शनको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ।
बजार सूचकमा भने तीव्र उतारचढाव देखिएको छ। १९२० अंकमा खुलेको बजार १९०२ अंकसम्म तल आएको थियो।
त्यसपछि क्रमिक सुधार भएर १९१६ अंकसम्म पुगेको थियो। केही घटेर सवा दुई बजेसम्म समानान्तर अगाडि बढेकोमा पुन: उक्लिएर १९२१ अंकसम्म सूचक पुगेको थियो।
अन्तत १.०२ अंकले बढेर बजार १९१९ अंकमा रोकिएको छ। दिनभरीमा ११४ कम्पनीको सेयर मूल्य बढेको छ।
बजारमा ८१ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सर्वाधिक किनबेच ३५ करोड ६९ लाख रुपैयाँको एनआइसी एशिया बैंकको भएको छ।