सरकारले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा लिँदै आएको शुल्क घटाउने

बिजमाण्डू
२०७९ चैत्र १३ गते १४:४० | Mar 27, 2023
सरकारले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा लिँदै आएको शुल्क घटाउने


काठमाडौं। सरकारले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट जडानमा लिँदै आएको शुल्क घटाउने तयारी गरेको छ।

Tata
GBIME
NLIC

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री नारायणकाजी श्रेष्ठले इम्बोस्ड नम्बर प्लेटका लागि लिँदै आएको शुल्क घटाउन लागिएको बताए।

श्रेष्ठले यसका लागि मन्त्रीस्तरमै छलफल भएको भन्दै छलफलमा प्रधानमन्त्री पनि  शुल्क घटाउन सहमत भएको जानकारी दिए। 

‘हामीले ठेकेदारसँग भएको सम्झौताबाट शुल्क घटाउन सक्दैनौं तर सरकार आफैंले व्यहोर्ने गरी इम्बोस्ड नम्बर प्लेट जडान शुल्क घटाउने व्यवस्था मिलाइँदै छ,’ उनले भने। 

सरकारले इम्बोस्ड नम्बर प्लेटका लागि मोटरसाइकललाई २ हजार ५ सय, तीनपाङ्ग्रेलाई २ हजार ९ सय, चार पाङ्ग्रे हलुका सवारीलाई ३ हजार २ सय र ठुला गाडीलाई ३ हजार ६ सय रुपैयाँ लिने गरेको छ। सरकारको खर्च एउटा प्लेटमा ५ सयभन्दा बढी छैन तर शुल्क चर्को राखेकाले यो नयाँ प्रविधिको नम्बर प्लेट जडानका लागि सवारी प्रयोगकर्ता उत्साहित छैनन्।

यसैगरी, अहिले अंग्रेजीमा मात्र लेखिएको इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा पनि राख्‍ने पाइने गरी प्रक्रिया थालिएको उनले बताए। केही समयमा यसको निर्णय गरिने पनि उनले जानकारी दिए।