सडक सुपरिवेक्षण कार्यालयले लोहनी ब्रदर्स-सगरमाथा जेभीसँग माग्यो स्पष्टीकरण, हडिया पुल किन अलपत्र?



२०७९ चैत्र १३ गते ११:०९
सडक सुपरिवेक्षण कार्यालयले लोहनी ब्रदर्स-सगरमाथा जेभीसँग माग्यो स्पष्टीकरण, हडिया पुल किन अलपत्र?


काठमाडौं। झापाको हडिया खोला पुल निर्माणको ठेक्का तोडिने भएको छ। उक्त पुल निर्माण ठेक्का पाएको कम्पनी लोहनी एण्ड ब्रदर्स-सगरमाथा जेभीलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीले स्पष्टीकरण मागेको छ।

Tata
GBIME

कार्यालयले सोमबार सूचना जारी गर्दै ७ दिनभित्र जवाफ दिनुपर्ने गरी स्पष्टीकरण मागेको हो। जेभीले झापाको हडिया खोलामा पुल निर्माण ठेक्का लिएको थियो।

काम अलपत्र छाडेपछि सरोकारवालाले चासो दिएका छन्। त्यसैले सुपरिवेक्षण कार्यालयको ध्यानाकर्षण भएको हो।

निर्माण कम्पनीलाई कार्यालयले पटक-पटक ताकेता गर्दा पनि बेवास्ता गरी पुल निर्माण काम अलपत्र पारेको सूचनामा उल्लेख छ।

यसरी पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन लागेको हो।