सुनको मूल्य उच्चः फेरि तोलाको १ लाख १० हजारनजिक, चाँदीमा झिनो वृद्धि

बिजमाण्डू
२०७९ चैत्र १० गते ११:४१ | Mar 24, 2023
सुनको मूल्य उच्चः फेरि तोलाको १ लाख १० हजारनजिक, चाँदीमा झिनो वृद्धि

काठमाडौं। सुनको मूल्य फेरि बढ्न थालेको छ। साताको अन्तिम दिन तोलामा ८ सय रुपैयाँले बढेको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

गत बुधबार २ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा आइपुगेको सुन बिहीबार पुन: तोलामा १२ सयले बढ्दै प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

२ दिनमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले वृद्धि भएको छ। यस अघि पनि बढ्दा सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ पुगेको छ।

चाँदीको कारोबार मूल्य शुक्रबार १३ सय ६० रुपैयाँ तोलामा स्थिर छ। बुधबारका तुलनामा २५ रुपैयाँ बढेर बिहीबार उक्त मूल्यमा आइपुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगानीकर्ता आकर्षित छन्। अमेरीकी दुई बैंक बन्द भएपछि लगानीकर्ताहरु सेयर र ऋणपत्रको खरिदबिक्रीभन्दा सुनचाँदीमा आकर्षित भएको अनुमान छ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस १९७७.६६ डलर रहेको सुन शुक्रबार १९९१.१५ डलर पुगेको छ। चाँदी पनि २२.९९ बाट बढेर प्रतिऔंस २३.०९ डलर पुगेको छ।