सेयर बजार पुँजीकरण घट्यो, चार दिनमा कारोबारको सूचीबाट हरायो २१ अर्ब ३८ करोड

बिजमाण्डू
२०७९ चैत्र १० गते ०९:३९ | Mar 24, 2023
सेयर बजार पुँजीकरण घट्यो, चार दिनमा कारोबारको सूचीबाट हरायो २१ अर्ब ३८ करोड


काठमाडौं। यो साता कारोबार भएको ४ दिनमा सेयर बजारबाट २१ अर्ब ३८ करोड रुपैयाँ हराएको छ। ०.७७ प्रतिशतले बजारको पुँजीकरण घटेको हो।

Tata
GBIME
NLIC

२७ खर्ब ९३ अर्ब ४१ करोड रुपैयाँको पुँजीकरणसहित सुरु भएको बजार बिहीबारसम्म २७ खर्ब ७२ अर्ब रुपैयाँमा सीमित छ। 

सरकारले दोस्रो पटक विश्वासको मत लिने दिन मात्र बजार हरियो रह्‍यो। बाँकी तीन दिन राताम्ये थियो। बजारमा त्यस दिन ३२ अर्ब ७३ करोड रुपैयाँ थपिएको थियो।

यस दौरान परिसूचक १९३३.३१ को विन्दुबाट १९१५.१५ को विन्दुमा सीमित हुन पुगेको छ। सोमबार बढेको दिन बजार २०४९ सम्म पुगेको थियो।