निगमले ग्यास सम्बन्धि सुरक्षा मापदण्डका विषयमा डिलरहरुसँग थाल्यो छलफल



२०७९ चैत्र १० गते ०९:३३
निगमले ग्यास सम्बन्धि सुरक्षा मापदण्डका विषयमा डिलरहरुसँग थाल्यो छलफल


काठमाडौं। नेपाल आयल निगमले ग्यास सम्बन्धि सुरक्षा तथा मापदण्डका विषयमा डिलरहरुसँग अन्तरक्रिया गर्न सुरु गरेको छ।

Tata
GBIME

पछिल्लो समय ग्यास विस्फोटले गर्दा ज्यान गुमाउनु परेको घटना बढ्न थालेपछि निगमले सुरक्षित प्रयोग बढाउन पेट्रोलियम पदार्थको सुरक्षा र मापदण्डको विषयमा अन्तरक्रिया गर्न थालेको हो।

यस क्रममा बिहीबार निगमले पम्प सञ्चालकहरुसँग अन्तर्क्रिया कार्यक्रम गरेको थियो। काठमाडौं उपत्यकाका पेट्रोल पम्पका सञ्चालकहरूसँग सुरक्षा एवं मापदण्ड सम्बन्धी विषयमा अन्तर्क्रिया गरेको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले बताए।

उक्त अन्तर्क्रियामा निगमका आपूर्ति विभागका निर्देशक वीरेन्द्र गोइत, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान र वाग्मती डिलर्स एसोसिएसनका अध्यक्ष अच्युत खड्काको सहभागिता रहेको उपाध्यायले बताए।  

निगमले आगामी दिनमा यस्तो कार्यक्रम सबै डिपोहरूमा गर्ने योजना बनाएको उनले बताए।

उपनिर्देशक उपाध्यायका अनुसार यसैगरी ग्यासको सुरक्षा तथा मापदण्डको विषयमा पनि यस्तै अन्तरक्रिया तथा तालिमको व्यवस्था गरिने छ। यसमा ग्यास डिलरहरुलाई सहाभागी गराइने छ।

यसैगरी, निगमले आफ्नो सामाजिक संजाल र अन्य क्षेत्रमा ग्यास सुरक्षा सम्बन्धि अभियान संचालन गरिरहेको छ।