
काठमाडौं। शिवम् सिमेन्टले ‘शिवमसँग उपहार टन्न’ उपहार योजनाको भाग्यशाली (उपभोक्ता तर्फ ३० जना तथा विक्रेता तर्फ ३० जना) ६० जना विजेताहरुको नाम लक्की–ड्र मार्फत सार्वजनिक गरेको छ। जस अन्तर्गत उपभोक्ता र विक्रेता तर्फ ४७/४७ तोला सुन उपहार राखिएको थियो।
बिहीबार सम्पन्न मेगा लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली विजेता बाग्मती–पोखरा क्षेत्रबाट कृष्ण मानन्धर र उपत्यका बाहिरबाट चन्चल चौधरीले ५/५ तोला सुन प्राप्त गरेका छन्। दोस्रो पुरस्कार अन्तर्गत शिवराम, युवराज कार्की, चन्दन सिंह र सुरेश गरी ४ जनाले ३/३ तोला सुन जितेको कम्पनीले जनाएको छ।
त्यस्तै तेस्रो पुरस्कार अन्तर्गत विनोद आचार्य, नकुल पौडेल, शाह इन्जिनियरिङ कन्ट्रक्सन प्रालि, हेल्थ एण्ड हाइजेनिक प्रालि, अरुण यादव तथा मनोज यादव गरी ६ जनाले २/२ तोला सुन जित्न सफल भएका छन्। चौथो ८ जनालाई १/१ तोला सुन तथा अन्य १० जनाले आधा/आधा तोला सुन जित्न सफल भएको कम्पनीले जनाएको छ।
यसअघि भएका मासिक लक्की ड्रहरुबाट उपभोक्ता तर्फ ६० जना तथा विक्रेता तर्फ ८० जना भाग्यशाली विजेताहरु छनोट भइसकेका छन्। जसअन्तर्गत ४ जोडीले थाइल्याड, ८ जोडिले गोसाँइकुण्ड हेली टुर, २० जोडीले माउन्टेन फ्लाइट, २८ जनाले आधा किलो चाँदी, ३२ जनाले हिराको औंठी, १६ जनाले सुनको सिक्री, १६ जनाले सुनको औंठी र १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेको कम्पनीले जनाएको छ।

साथै स्योर सट पुरस्कार मार्फत पनि २ लाख २५ हजार भन्दा बढी ग्राहकहरुले सुन, चाँदी तथा नगद उपहारबाट लाभांवित भएका छन्। शिवम् सिमेन्टले गत मंसिर १८ गते देखि ‘शिवमसँग उपहार टन्न’ उपहार योजना सार्वजनिक गरेको थियो। जसअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरि २०० रुपैयाँदेखि ५०० सयसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५ ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो।
सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो।