९९ गुणा बढी आवेदन परेको आत्मनिर्भर लघुवित्तको आइपीओ १६,९००ले पाए, ५ जनालाई ११ कित्ता

बिजमाण्डू
२०७९ फागुन २८ गते ११:०३ | Mar 12, 2023
९९ गुणा बढी आवेदन परेको आत्मनिर्भर लघुवित्तको आइपीओ १६,९००ले पाए, ५ जनालाई ११ कित्ता

काठमाडौं। मागभन्दा ९८.८८ गुणा बढी आवेदन परेको आत्मनिर्भर लघुवित्तको आइपीओ आइतबार बाँडफाँट भएको छ। योग्य आवेदनमध्येका १६ हजार ९ सय ७६ जनाले १०/१० कित्ता हात पारेका छन्। जसमध्येका ५ जनाले थप १/१ कित्ता पनि पाएका छन्।

Tata
GBIME
Nepal Life

१५ लाख ३६ हजार २ सय ६३ जनाबाट १ करोड ६८ लाख १३ हजार एक सय ८० कित्ता सेयरका लागि आवेदन परेको थियो।जसमध्ये १५ लाख ३६ हजार २ सय ६३ जना आवेदक योग्य थिए।

उनीहरुको १ करोड ६७ लाख ८६ हजार ३० कित्ता सेयर बराबरको आवेदन प्रमाणित भएको हो। आइपीओमा मागभन्दा झन्डै ९९ गुणा बढी आवेदन परेको थियो। २ हजार २ सय ३ जना आवेदकको १ लाख २७ हजर एक सय ५० कित्ता आवेदन रद्द भएको छ।

प्रमाणित मध्येका १६ हजार ९ सय ७६ जनाले १०/१० कित्ता हात पारेका हुन्। जसमध्येका ५ जनाले थप १/१ कित्ता पनि पाएका छन्।

कम्पनीले गत फागुन ११ देखि १५ गतेसम्म कुल २ लाख ३ हजार ३८० कित्ता सेयर जारी गरेको थियो। जसमध्ये एक लाख ६९ हजार ७५५ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो।