सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो, तोलाको १ लाख १ हजार रुपैयाँ कायम

बिजमाण्डू
२०७९ फागुन २५ गते ११:५१ | Mar 9, 2023
सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो, तोलाको १ लाख १ हजार रुपैयाँ कायम


काठमाडौं। सुनको मूल्य फेरि घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ५ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार सुन प्रतितोला एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
Nepal Life

बुधबार तोलामा एक हजार रुपैयाँले घटेर प्रति तोला एक लाख एक हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य बिहीबार तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला एक हजार २ सय २० रुपैयाँ कायम भएको छ।

बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले घट्दै प्रतितोला १ हजार २ सय २५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १८१५.४६ डलरमा कारोबार भइरहेको छ।