जगदम्बा मोटर्सले आयोजना गरेको अन्तर्राष्ट्रिय मार्क्यु राइडलाई नेपाल पर्यटन बोर्डले दियो साथ

बिजमाण्डू
२०७९ फागुन ११ गते १०:३८ | Feb 23, 2023
जगदम्बा मोटर्सले आयोजना गरेको अन्तर्राष्ट्रिय मार्क्यु राइडलाई नेपाल पर्यटन बोर्डले दियो साथ

काठमाडौं। जगदम्बा मोटर्सले आयोजना गरेको अपाच्चे ओनर्स ग्रुपको अन्तर्राष्ट्रिय मार्क्यु राइडलाई नेपाल पर्यटन बोर्डले सहयोग गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

बुधबार एक कार्यक्रम आयोजना गरी नेपाल पर्यटन बोर्डले जगदम्बा मोटर्सले आयोजना गरेको अपाच्चे ओनर्स ग्रुपको अन्तर्राष्ट्रिय मार्क्यु राइडलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

पर्यटन बोर्डले यस्तो अन्तराष्ट्रिय राइडले नेपालका विभिन्न पर्यटकीय गन्तब्यलाई भारतमा प्रवर्द्धन गर्ने र भारतीय राइडरहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखिएको बताएको छ। त्यसैले यस मार्क्यु राइडलाई सहयोग गर्न लागिएको बोर्डले जनाएको छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले टीभीएसको यस मार्क्यु राइडलाई  बोर्डले विज्ञापन र पीएसएमार्फत कार्यक्रमको प्रवर्द्धनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरेका छन्।

जगदम्बा मोटर्सका सीईओ दिपक अग्रवालले यसरी टीभीएसले आयोजना गरेको मार्क्यु राइडमा पर्यटन बोर्डले गरेको सहयोगले थप उर्जा मिलेको बताए।

अपाच्चे ओनर्स ग्रुपले नेपालबाट पहिलो पटक अन्तर्राष्ट्रिय मार्क्यु राइड आजदेखि पर्यटन बोर्डबाट सुरु भएको छ। एओजीको मर्क्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी हुने छन्।

उक्त यात्रा २१ दिन लामो हुनेछ। पहिलो दिन काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गर्ने योजना रहेको छ। यो यात्रा करिब ६ हजार ५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ। कम्पनीका अनुसार मानिस र मेसिनबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजन हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन्।

काठमाडौंबाट सुरु हुने यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुन्छ।

राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जानेछन्। राइडरहरूले राइडको क्रममा भारतका विभिन्न पर्यटकीय क्षेत्रहरुको पनि भर्मण गर्ने छन्। यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ। जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरूमा र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिने कम्पनीले जनाएको छ।