५५६ रुपैयाँ बुक भ्यालु भएको आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्री खुल्यो, फागुन १५ गतेसम्मको म्याद

२०७९ फागुन ११ गते १०:३४
५५६ रुपैयाँ बुक भ्यालु भएको आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्री खुल्यो, फागुन १५ गतेसम्मको म्याद


काठमाडौं। आत्मनिर्भर लघुवित्तले सर्वसाधारणलाई आजबाट प्राथमिक सेयर (आइपीओ) बिक्री खुलाएको छ। सर्वसाधरणले एक लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

TATA
GBIME

सर्वसाधारणले आवेदन दिने अन्तिम मिति फागुन १५ गते हो। न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन मिल्छ।

गत आवको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५५६.५९ रुपैयाँ र प्रतिसेयर आम्दानी १८५.४३ रुपैयाँ थियो।

लघुवित्तले कुल २ लाख ३ हजार ३८० कित्ता सेयर जारी गर्दैछ। २० हजार ३३८ कित्ता वैदेशिक रोजगारीमा गएकालाई छुट्याएको छ, जुन बाँडफाँट भइसकेको छ। उनीहरुले माघ १६ बाटै आवेदन दिएका थिए।

लघुवित्तका कर्मचारीले ३ हजार ११७ कित्ता पाउनेछन्। त्यस्तै म्युचुअल फण्डहरुलाई १० हजार १७० कित्ता छुट्याएको छ।


Sunrise Bank