सपोर्ट लघुवित्तले डाक्यो साधारण सभा, ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्दै

बिजमाण्डू
२०७९ फागुन ८ गते ११:३८ | Feb 20, 2023
सपोर्ट लघुवित्तले डाक्यो साधारण सभा, ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्दै

काठमाडौं। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभाको मिति तोकेको छ। सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तको आइतबार भएको संचालक समिति बैठकले आगामी चैत ४ गते शनिबारका लागि सभा आह्‍वान गरेको हो।

Tata
GBIME
Nepal Life

सभा इटहरी-४ को दुर्गा पार्टी प्यालेसमा हुनेछ। सभामा गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिने छ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई हाल कायम चुक्ता पुँजी ८ करोड ५८ लाख को ११ प्रतिशतले हुन आउने ९४ लाख ३८ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ। बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ४ लाख ९६ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव छ।

यसका साथै यस सभाबाट लघुवित्त अन्य कुनै लघुवित्तसँग गाभ्ने,गाभिने अथवा प्राप्तिका लागि संचालक समितिलाई अख्तियारी दिने, सर्वसाधारणका तर्फबाट दुईजना संचालक नियुक्त गर्ने, चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गरि पारीश्रमिक तोक्ने लगायत विभिन्न प्रस्तावहरु पारित गरिदै छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ। फागुन १८ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश लाभांश पाउँछन्।

उक्त लाभांश साधारण सभाबाट पारित भए लगत्तै लगानीकर्ताहरुलाई वितरण गरिने छ। लघुवित्तले आव २०७७/७८ मा लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर र १.५७ प्रतिशत नगद गरि कुल ३१.५७ प्रतिशत लाभांश वितरण गरेको थियो।