बीवाइडी र एमजीबीच नेपालमा गाडी बेच्न प्रतिस्पर्धा, कर बढेपछि दुवैको सय किलोवाटका गाडी

शुक्र गिरी
२०७९ फागुन ५ गते १४:१९ | Feb 17, 2023
बीवाइडी र एमजीबीच नेपालमा गाडी बेच्न प्रतिस्पर्धा, कर बढेपछि दुवैको सय किलोवाटका गाडी


काठमाडौं। नेपालमा चिनियाँ विद्युतीय गाडी बिक्रेताहरुबीच रोचक प्रतिस्पर्धा देखिएको छ। एमजीको गाडी बिक्रेता पारामाउन्ट मोटर्स र बीवाइडी गाडीको बिक्रेता साइमेक्स इन्कबीच नेपाली बजारमा विद्युतीय गाडी ल्याउन रोचक प्रतिस्पर्धा भइरहेको छ।

Tata
GBIME
Nepal Life

सरकारले १०० किलोवाटभन्दा माथिको विद्युतीय गाडीमा कर बढाएपछि यी दुवै कम्पनीको गाडीलाई मार परेको थियो। चालु आर्थिक वर्षमा सय किलोवाट भन्दा माथिको कर बढेपछि एमजी जेडएस र बीवाइडीको एटो-३ को मूल्य ९० लाखको हाराहारी पुग्यो।

यो मूल्यसँगै एमजीले कर बढ्नु अघि बुकिङ गरेको ६०० गाडीको पैसा नै फिर्ता गर्नुपर्ने अवस्था आयो। कर वृद्धिपछि एटो-३ को बिक्री राम्रो भएन। एमजीको हालत झन् खराब भयो।

त्यसपछि बिक्रेता एमजीको कम्पनी पारामाउन्टले सय किलोवाटको विद्युतीय गाडी निर्माणका लागि उत्पादक कम्पनीलाई पत्र पठायो। त्यसको केही समयमै साइमेक्स इन्कले सय किलोवाटको एटो-३ बनाउन बीवाइडीलाई पत्र पठायो। योसँगै पारामाउन्ट र साइमेक्सबीच गाडी बेच्ने प्रतिस्पर्धा चर्को प्रतिस्पर्धा सुरु भएको छ।

बीवाइडीले १०० किलोवाट क्षमता एटो-३ मार्चसम्म ल्याउने गरी मूल्य ६४ लाख ९० हजार तोकेको छ। यस्तै एमजीको पनि १०० किलोवाट क्षमताको जेडएस इभी आउने पक्का भएको छ। कम्पनीले यसको मूल्य लगभग ६० लाख हाराहारीमा राख्‍ने अनुमान गरिएको छ।

यस्तो छ यी दुई मोडलको फीचर र अन्य विशेषताहरु

यी गाडीहरु दुवै चीनमा निर्माण भएका हुन्। बीवाइडीको एटो-३ मा कम्पनीको ब्लेड ब्याट्री प्रयोग गरिएको छ। एमजीको जेडएस इभीमा भने क्याटलको लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ।

एमजी जेडएस इभी

जेडएसको म्याक्स पावर १४२.७ रहेको छ। यसमा भएको ४४.५ किलोवाट क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा रेन्ज ४१९ किलोमिटर रेन्ज प्रदान गर्छ। यसको ब्याट्री चार्ज गर्न एसी चार्जर बाट ६.५ घन्टा समय लाग्छ। यसैगरी फाष्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ।

यसमा पीएम सिंक्रोनस मोटर रहेको छ। अब आउने जेडएस इभीमा १०० किलोवाटको मोटर हुनेछ। यसले ३५३ टर्क उत्पादन गर्छ। यसको रेन्जहरु पनि उस्तै हुनेछ।

यसमा १७ इन्चको एलोय ह्वील र टायर साइज २१५/५० आर १७ इन्च रहेको छ। यसैगरी सुरक्षा फीचरहरुमा अटो होल्ड, एलइडी डीआरएल, ड्राइभर र प्यासेन्जर एयरब्याग, साइड र कर्टेन एयर ब्याग, बिचको सिटमा पनि ३ वटा सीटबेन्ट पोइन्ट, सीटबेल्ट वार्निङ बेल, पास एयरब्याग डिसएबल स्वीच, साइड डोर सुपर लक, रिभर्स पार्किङ सुपर सेन्सर, पार्किङ क्यामेराहरु रहेका छन्।

यस्तै यसको ग्राउन्ड क्लियरेन्स १८५ एमएम रहेको छ।

अन्य फीचरहरुमा प्यानारमिक सनरुफ, एसी, डस्ट र पुलेन फिल्टर, ड्राइभर साइडमा पावर विन्डो, स्टेरिङमा रिमोट अडियो कन्ट्रोल, स्पिड सेन्सिटिभ डोर लकिङ, रिमोट सेन्ट्रल लकिङ, क्रुज कन्ट्रोल र किलेस सुविधाहरु उपलब्ध छन्।

साउन्ड सिस्टममा ६ वटा स्पिकरहरु छन्। जुन ३ डी साउन्ड आउँछ। सेन्ट्रल कन्सोलमा ८ इन्चको कलर स्क्रीन, कारप्ले र एन्ड्रोइड अटो, ब्लुटुथ ह्यान्सफ्री सिस्टम, युएसबी र एमपी ३ प्लेयर, १२ भोल्टेजको पावर सप्लाई र दुई स्मार्ट की रहेका छन्।

यसैगरी अन्य फीचरहरुमा एडप्टिङ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट हाइबिम कन्ट्रोल, स्पीड असिस्टेन्ट सिस्टम, अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ, लेन डिपार्चर वार्निङ, ट्राफिक जाम असिस्टेन्ट, ट्राफिक साइनहरु समेत पत्ता लगाउने, लेन परिवर्तन तथा ब्लाइन्ड स्पट मोनिटरिङ र रियर ट्राफिक अलर्ट पनि उपलब्ध छन्।

कम्पनीले ७ वर्ष वा १ लाख ५० किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ।

यसको ११५ किलोवाट क्षमताको मोटर भएको भेरियन्टको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर १०० किलोवाट क्षमताको मोटर भेरियन्टको मूल्य भने ६० लाखको हाराहारीमा तोकिने अनुमान गरिएको छ।

बीवाइडी एटो-३

यसमा पनि दुई वटा मोटर विकल्प रहेको छ। अहिले आउने एटो-३ सय किलोवाट र यसअघि १५० किलोवाट क्षमताको मोटरमा उपलब्ध छन्। यी दुबै भेरियन्टमा मोटरको पावर मात्र परिवर्तन गरिएका छन्। अन्य फिचर तथा रेन्ज भने सबै उस्तै छन्। ब्याट्री प्याक पनि उस्तै रहेका छन्।

यसमा भएको ब्लेड ब्याट्रीले ४२० किलोमिटर रेन्ज प्रदान गर्छ। यस्तै ३१० एनएम टर्क उत्पादन गर्छ। यसमा भएको ६०.४८ किलोवाट क्षमताको ब्याट्रीलाई फाष्ट चार्जर बाट चार्ज गर्न ४५ मिनेटको समय लाग्छ। यस्तै एसी चार्जर बाट चार्ज गर्न ९ घन्टाको समय लाग्छ।

यसमा ७ वटा एयर ब्यागहरु छन्। जस्तै अगाडिको साइडमा, कर्टेन र ड्राइभर र प्यासेन्जर साइडमा एयर ब्यागहरु राखिएका छन्। अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम पनि उपलब्ध छ। गाडीमा पुरै एलइडी हेडलाइट, एलइडी रिअर लाइट, एलइडी डे टाइम रनिङ लाइट पाउन सकिन्छ।

यस्तै यसको ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहेको छ।

यसलाई तीन ड्राइभिङ मोडमा चलाउन सकिन्छ। त्यस्तै, गाडीमा विद्युतीय पार्किङ ब्रेक प्रविधि, एन्टीलक ब्रेकिङ प्रविधि, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, ब्लाइन्ड स्पोट डिटेक्सन, डोर ओपन वार्निङ, ३६० डिग्री भ्यू मिरर लगायत विशेषताहरू पाउन सकिन्छ।

गाडीमा ५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल दिइएको छ भने फ्लोटिङ डिस्प्ले पाउन सकिन्छ। कम्पनीले यो गाडीको सुरक्षामा पनि विशेष ध्यान दिएको छ। एटो-३ ले युरो एनक्याप परीक्षणमा पाँच स्टार रेटिङ पाएको छ।

यसमा कम्पनीले ८ वर्ष वा १ लाख ६० किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ।

यो गाडीको पहिलेको १५० किलोवाट मोटर भेरियन्टको ८९ लाख ९० हजार रुपैयाँ रहेको छ। तर अहिलेको १०० किलोवाट मोटर क्षमताको एटो-३ को भने ६४ लाख ९० हजार रुपैयाँ तोकिएको छ।