औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक नियुक्त गरिँदै, यस्तो चाहिन्छ योग्यता

बिजमाण्डू
२०७९ फागुन १ गते ११:१० | Feb 13, 2023
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक नियुक्त गरिँदै, यस्तो चाहिन्छ योग्यता

काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढाएको छ। नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्रक्रिया अगाडि बढाएको हो।

Tata
GBIME

३५ देखि ६५ वर्षसम्म उमेर भएकाहरुले आवेदन दिन पाउने तोकिएको छ। आवेदन २१ दिनभित्र दिइसक्नु पर्ने छ।

प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा स्नातकोत्तर गरेको हुनुपर्छ। व्यवस्थापकीय नेतृत्व दिएर पाँच वर्ष काम गरेको पनि हुनुपर्छ।

इच्छुक आवेदकले पाँच हजार शब्दको व्यवसायिक कार्ययोजना बुझाउनु पर्ने हुन्छ। दरखास्त छनोट भएकाहरुलाई मात्र समितिले व्यवसायिक कार्ययोजना प्रस्तुतिका लागि बोलाउने छ।