दोल्ती पावरको आइपीओ फागुन ८ देखि, सुरुमा आयोजना प्रभावित र वैदेशिक रोजगारीका लागि

बिजमाण्डू
२०७९ माघ २९ गते ०९:५७ | Feb 12, 2023
दोल्ती पावरको आइपीओ फागुन ८ देखि, सुरुमा आयोजना प्रभावित र वैदेशिक रोजगारीका लागि

काठमाडौं। दोल्ती पावर कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई प्राथमिक सेयर निष्कासन गर्ने भएको छ।

Tata
GBIME

आयोजना प्रभावित बासिन्दाका लागि ५ लाख ३६ हजार ४ सय ८६ कित्ता छुट्याएको छ। यस्तै, १ लाख ७ हजार २९८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुको हिस्सा हुनेछ। १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ।

आइपीओमा फागुन ८ देखि २५ गतेसम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावितहरुबाट पर्याप्त आवेदन नपरे चैत ७ गते सम्म आवेदन मिति लम्बिने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा गएकाहरुले भने फागुन २५ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ।

कम्पनीले ४.५ मेगावाट क्षमताको पदम खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाले व्यापारिक उत्पादन सुरु गरिसकेको छ।