चन्द्रागिरि हिल्स् नाफामा, आम्दानी ४१.१३% बढ्यो, प्रतिसेयर नेटवर्थ भने ७७.६४ रुपैयाँ

बिजमाण्डू
२०७९ माघ २७ गते ०९:४६ | Feb 10, 2023
चन्द्रागिरि हिल्स् नाफामा, आम्दानी ४१.१३% बढ्यो, प्रतिसेयर नेटवर्थ भने ७७.६४ रुपैयाँ

काठमाडौं। आम्दानी बढ्न थालेलगत्तै चन्द्रागिरि हिल्स नाफामा गएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म होटलले ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनी पोहोर ५ करोड ८० लाख रुपैयाँ घाटामा थियो। खुद नाफा बढेसँगै कम्पनीको प्रति सेयर आम्दानी पनि ३.३६ रुपैयाँ पुगेको छ। गत आव पुसमा ०.३८ रुपैयाँ ऋणात्मक थियो। 

यस अवधिमा होटलको आम्दानी पनि ४१.१३ प्रतिशत वृद्धि भएको छ। पोहोर पुस मसान्तसम्म २८ करोड ९२ लाख रुपैयाँ रहेको आम्दानी ४० करोड ८२ रुपैयाँ पुगेको छ। कारोबार विवरणमा आम्दानीसँगै खर्चका शीर्षकमा पनि व्यापक वृद्धि देखिन्छ।

ब्याज बापत १३ करोड ४५ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ। पोहोर ९ करोड ६२ लाख रुपैयाँ मात्र थियो। 

चुक्ता पुँजीमा कुनै वृद्धि छैन। सञ्चित मुनाफा ताथा जगेडाको ऋण केही कम भएको देखिन्छ। पोहोर ४२ करोड ५८ लाख रुपैयाँ ऋणात्मक रहेको जगेडामा सामान्य सुधार भएर ३४ करोड २९ लाख रुपैयाँ नोक्सानी छ।

पुस अन्त्यसम्म होटलको प्रति सेयर नेटवर्थ ७७.६४ रुपैयाँ छ। गत वर्ष ७२.७२ रुपैयाँ थियो।