
काठमाडौं। मागभन्दा ७ गुणा बढी आवेदन परेको माया खोला हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँट भएको छ। योग्य आवेदनमध्येका एक लाख ९९ हजार २ सय जनाले १०/१० कित्ता हात पारेका छन्।
आइपीओका लागि १४ लाख ३५ हजार ३ सय १३ जनाले आवेदन दिएका थिए। १ करोड ६३ लाख ६ हजार ७ सय ६० कित्ता सेयरका लागि आवेदन परेको थियो।
जसमध्ये १२ लाख ८४ हजार २ सय ३० जना आवेदक योग्य भएका थिए। उनीहरुको १ करोड ४२ लाख ३ हजार ६ सय ९० कित्ता सेयर बराबरको आवेदन प्रमाणित भएको हो। आइपीओमा मागभन्दा ७ गुणा बढी आवेदन परेको थियो। एक लाख ५१ हजार ८१ जना आवेदकको कुल २१ लाख ३ हजार ७० कित्ता आवेदन रद्द भएको हो।
प्रमाणित मध्येका एक लाख ९९ हजार २ सय जनाले १०/१० कित्ताका दरले आइपीओ पाएका छन्। कम्पनीले गत माघ १३ देखि १७ गतेसम्म ५ लाख ५४ हजार कित्ता आइपीओको बिक्रीका लागि दरखास्त खुलाएको थियो। १९ लाख ९२ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो।