विजय लघुवित्तले पोहोरको लाभांशलाई निरन्तरता दियो, २० प्रतिशत बोनस सेयर

२०७९ माघ २६ गते १०:२६
विजय लघुवित्तले पोहोरको लाभांशलाई निरन्तरता दियो, २० प्रतिशत बोनस सेयर


काठमाडौं। विजय लघुवित्तले अघिल्लो लाभांश दरलाई निरन्तरता दिने भएको छ। लघुवित्तले गत आवका लागि पनि २१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

TATA
GBIME

सञ्चालक समितिले प्रस्तावितमध्ये २० प्रतिशत बोनस सेयर दिने निर्यण गरेको छ। बाँकी १.०५३ प्रतिशत कर प्रयोजनका लागि नगद हो। लाभांश कायम चुक्ता पुँजीमा प्रस्ताव गरिएको छ।

अहिले लघुवित्तको चुक्ता पुँजी ३२ करोड रुपैयाँ छ। बोनस वितरणपछि चुक्ता पुँजी ६ करोड ४० लाख रुपैयाँ बढ्नेछ।

लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।


Sunrise Bank