हुन्डाईको ‘नेक्स्ट-जेनेरेसन भर्ना’ गाडी अबदेखि भारतमा बन्ने, मार्चदेखि उत्पादन सुरु

२०७९ माघ २५ गते १७:३५
हुन्डाईको ‘नेक्स्ट-जेनेरेसन भर्ना’ गाडी अबदेखि भारतमा बन्ने, मार्चदेखि उत्पादन सुरु


काठमाडौं। हुन्डाई मोटर्सले आफ्नो ‘नेक्स्ट-जेनेरेसन भर्ना’ गाडी अबदेखि भारतमा उत्पादन सुरु गर्ने भएको छ। कम्पनीका अनुसार यो गाडी निर्यातका लागि पनि भारतमा उत्पादन गरिनेछ।

TATA
GBIME

यो गाडी भारतमा आगामी मार्च महिनादेखि उत्पादन सुरु गर्ने तयारी रहेको कम्पनीले जनाएको छ। यसको कोड नेम बीएन सेभेन आई राखेर विश्वव्यापी रुपमा बजारमा बिक्री गरिने छ।

अहिले यो गाडीको वार्षिक रुपमा ४० हजार युनिट उत्पादन हुने गरेको छ। यसको भारतमा मात्र मासिक रुपमा १६०० युनिट बिक्री हुने गरेको छ। हुन्डाईले यो गाडीको वार्षिक रुपमा ७० हजार युनिट उत्पादन गर्ने योजना बनाएको छ। त्यसैले यो गाडीको उत्पादन भारतमा हुन लागेको कम्पनीको भनाइ छ।

हुन्डाईले पछिल्लो समय युद्धका कारण स्पेयर पार्ट्सको अभाव हुँदा रुसमा रहेको प्लान्टबाट उत्पादन बन्द गरेको थियो। यही प्लान्ट बाट रुस र अन्य देशहरुमा समेत भर्नाको निर्यात हुने गरेको थियो। तर अहिले उक्त प्लान्ट बन्द भएकाले यसको सप्लाई चेनमा नराम्रो असर गरेको छ।

यही कारणले पनि हुन्डाईले भारतमा भर्ना उत्पादनको विकल्प खोजेको हो। यहाँ उत्पादन भएका भर्ना मध्यपूर्वका देश र ल्याटिन अमेरिकामा निर्यात गर्ने योजना रहेको हुन्डाईले बताएको छ।

यसले अहिले भइरहेको सप्लाई चेनको अवरोधलाई न्यून गर्ने कम्पनीको अपेक्षा छ।

यो गाडीमा १.५ लिटरको पेट्रोल इन्जिन छ। यसले अर्को अपडेटेड भर्सनमा १.५ लिटर टर्बो- पेट्रोल इन्जिन विकल्प राखेको छ। यसमा ११५ देखि १४० सम्मको हर्स पावर उपलब्ध हुनेछ।   


Sunrise Bank