प्रेमप्रसाद आचार्यको लागि न्याय माग्दै माइतीघरदेखि बानेश्वरसम्म युवाले निकाले र्‍याली



२०७९ माघ ११ गते १५:५०
प्रेमप्रसाद आचार्यको लागि न्याय माग्दै माइतीघरदेखि बानेश्वरसम्म युवाले निकाले र्‍याली


काठमाडौं। मंगलवार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको बुधवार बिहान निधन भएको छ।

TATA
GBIME

आचार्यको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधवार बिहान निधन भएको हो। उनले उद्यम गर्दा धेरै हन्डरठक्कर खाएपछि आत्मदाह गरेका थिए।

आचार्यको लागि न्याय माग्दै युवाले माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेका छन्। यो अवस्था आउनुमा देशको राजनीति र प्रवृत्ति जिम्मेवार रहेको युवाले बताएका छन्।

आचार्यले उठाएका मागहरुप्रति उनीहरुले नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन्।


Sunrise Bank