
काठमाडौं। नेपाल बीमा प्राधिकरणले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतना मूलक अन्तरक्रिया गरेको छ।
कार्यक्रममा बीमा कम्पनीहरू व्यवसायमा मात्र केन्द्रित नभई सेवामुखी समेत हुनुपर्ने दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बताए।
उनले बीमा कम्पनीहरूलाई गाउँ गाउँमा पुर्याउन र ग्रामीणस्तरमा बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रम संचालन गर्न प्राधिकरण समक्ष आग्रह गरे।
दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङले बीमाको पहुँच बढाउनका लागि गाउँपालिकाबाट ठोस नीतिगत व्यवस्थाका साथ कार्यक्रम ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले कर्मचारीहरुको दुर्घटना बीमा गरेर भए पनि गाउँपालिका स्तरबाटै बीमाको सुरुवात गर्न आग्रह गरे।