
काठमाडौं। नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघको अध्यक्षमा मनोज दास निर्विरोध चयन भएका छन्। उनी यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष थिए।
महासंघको बिहीबार काठमाडौंमा भएको १३औं वार्षिक साधारणसभाबाट दास निर्विरोध चयन भएका हुन्।
यसअघि महासंघको अध्यक्षमा खगेश्वर बोहोरा थिए। महासंघको वरिष्ठ उपाध्यक्षमा गुणाकर निरौला र राकेश कशोधन चयन भएका छन्। पेट्रोलियम पदार्थ बोक्ने व्यवसायीको संस्था महासंघमा १५६ जना आवद्ध छन्।