
काठमाडौं। तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ। कम्पनीले ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। यसअघि कम्पनीले १० प्रतिशत लाभांश दिएको थियो।
सञ्चालक समितिले अधिकांश नगद दिने निर्णय गरेको हो। कम्पनीले ८.४२ प्रतिशत नगद लाभांश दिँदैछ। यो कर सहित हो।
कायम चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरिएको छ। हाल तारागाउँ रिजेन्सी होटल्सको चुक्ता पुँजी एक अर्ब ८८ करोड ६६ लाख रुपैयाँ छ। यसको ८.४२ प्रतिशत १५ करोड ८८ लाख रुपैयाँ हुन्छ।
लाभांश कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।